१८ कात्तिक,काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्दै आएको भए पनि यसपटक गृहमन्त्री स्वयंले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो ।
यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई पदबाट हटाएर सरकारले केसीलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो |कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।



