बारा । नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार सदरमुकाम कलैयामा हुने भएको छ। अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला सभापति राजेश राय यादवले जानकारी दिनुभएको छ।

कलैयास्थित बीपी स्मृति भवनमा आयोजना हुने अधिवेशन निर्धारित समयमै सुरु हुने सभापति यादवले बताउनुभयो। उहाँका अनुसार अधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भइसकेको छ।

अधिवेशनमा जिल्ला तहका नेता, कार्यकर्ता, प्रतिनिधि तथा विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। अधिवेशनमा पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा र नेतृत्व चयनलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सभापति यादवले अधिवेशन सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ।


