Lucky-Khabar_

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

वीरगञ्ज । पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा वीरगञ्जमा सन्त रामपालजी महाराजको मंगलमय प्रवचन तथा सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ त्रिशूल चोकस्थित नामदान केन्द्रमा शनिबार आयोजित कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु गद्दी, पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रामाकान्त चौरसियालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रास्वपा मधेस प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, बिरगंज -१६ का वडा अध्यक्ष परसुराम चौरसिया ,समाजसेवी बिरेन्द्र यादव, रास्वपाका युवा नेता प्रदीप पटेल, राजा कुमार साह  र स्थानीय अवधेश ठाकुरलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा ठूलो सङ्ख्यामा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सन्त रामपालजी महाराजको प्रवचनमार्फत आध्यात्मिक ज्ञान, मानवता, सदाचार तथा सामाजिक सद्भावसम्बन्धी सन्देश प्रवाह गरिएको थियो । कार्यक्रममा सहभागीहरूले सत्सङ्ग तथा प्रवचन श्रवण गरेका थिए ।

पूर्णब्रह्म कबीर उपासक समाज नेपाल, पर्साका संयोजक नरेशप्रसाद पण्डितका अनुसार कार्यक्रम बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।

content ad p2

सम्बन्धित खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर