Lucky-Khabar_

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुन वारेस राख्ने अनुमति विशेष अदालतले दिएको छ।

content ad p2

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले नेपालले दिएको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्न अनुमति दिएको हो।

 

नेपालमाथि प्रधानमन्त्री रहँदा पतञ्जली योगपीठलाई कानुनले तोकेको जग्गाको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न गैरकानुनी रूपमा अनुमति दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।उक्त मुद्दा विशेष अदालतमा डेढ वर्षदेखि विचाराधीन अवस्थामा रहेको छ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर