Lucky-Khabar_

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

बिरगंज । अस्ट्रेलियामा बसोबास गर्दै आएका इन्जिनियर आर्यन सुरज राउतलाई कम्युनिटी इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (KICCI International)द्वारा प्रशंसा पुरस्कार (Appreciation Award)ले सम्मानित  गरेको छ।

content ad p2

सो  सँस्था द्वारा आयोजित ‘KICCI International Conclave’ का अवसरमा प्रदान गरिएको उक्त पुरस्कार  आर्यन अस्ट्रेलियामा रहेकोले    संस्थाका कार्यवाहक अध्यक्ष राम पुकार राउतले निजको घरमा पुगि निजका बुबा राम आर्यलाई   प्रदान गरिएको हो। सन् २०२६ मे ३ तारिखमा भारतको नयाँ दिल्लीस्थित कन्स्टिच्युसन क्लब अफ इन्डियामा आयोजित कार्यक्रममा उनलाई सम्मानपत्र प्रदान गरिएको विवरण सम्मानपत्रमा उल्लेख छ।

आर्यन लाई अस्ट्रेलिया च्याप्टर, KICCI International सँग सम्बन्धित प्रतिनिधिका रूपमा सम्मान गरिएको हो। संस्थाले प्रदान गरेको सम्मानपत्रमा उनको नाम ‘Er. Aryan Suraj Raut’ उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमले विभिन्न देशमा रहेका व्यावसायिक तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूबीच सहकार्य, अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिन्छ।

अस्ट्रेलियामा रहेका राउतलाई प्राप्त यस सम्मानले उनको व्यावसायिक यात्रामा थप उत्साह प्रदान गर्ने विश्वास गरिएको छ।

स्रोत: KICCI International Conclave, 3 May 2026 को सम्मानपत्र।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर