Lucky-Khabar_

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

वीरगञ्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

content ad p2

शमानीले रास्वपाको आधिकारिक अनलाइन प्रणालीमार्फत पार्टीको साधारण सदस्यता लिएका हुन्। उनी आगामी स्थानीय तह निर्वाचनमा पर्साको पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने उद्देश्यसहित रास्वपामा प्रवेश गरेको बताइएको छ।शमानीले आफू पार्टीमा प्रवेश गरेसँगै आगामी राजनीतिक यात्राका लागि पार्श्व प्रवेश (ल्याटरल एन्ट्री) को तयारीमा लागेको बताएका छन्।

सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका शमानी लायन्स क्लबमार्फत विभिन्न सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन्।रास्वपामा उनको प्रवेशसँगै पोखरिया नगरपालिकाको आगामी स्थानीय निर्वाचनमा उनको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर