वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) दसैँ बिदापछि भोलिदेखि पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ ।

अस्पतालले दसैँ बिदापछि बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्पूर्ण विशेषज्ञ ओपीडी सेवा नियमित गर्न लागेको जनाएको छ ।
अस्पतालका अनुसार ओपीडी सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सेवा नियमित भएसँगै विभिन्न रोगका बिरामीले सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुका साथै आवश्यक स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन् ।अस्पतालले बिरामीको सहज पहुँच, गुणस्तरीय उपचार र सुस्वास्थ्यलाई प्राथमिकतामा राख्दै नियमित सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
ओपीडी सेवासम्बन्धी थप जानकारीका लागि अस्पतालले उपलब्ध गराएको ०१-५९१०१४ नम्बरमा सम्पर्क गर्न वा [**info@nmcbir.edu.np**](mailto:info@nmcbir.edu.np) मा इमेल गर्न सकिनेछ ।दसैँ बिदापछि नियमित सेवा सुरु हुन लागेकाले उपचारका लागि अस्पताल पुग्ने बिरामीले निर्धारित समयभित्र ओपीडी सेवा लिन सक्नेछन् ।


