Lucky-Khabar_

आज विजया दशमी : मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै

वीरगञ्ज । बडादशैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। नवरात्रभर पूजा–आराधना गरिएकी नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्पराअनुसार बुधबार बिहानैदेखि घरघरमा टीका लगाउने क्रम सुरु भएको छ।

content ad p2

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको छ। यद्यपि, सर्वसाधारणले मान्यजनबाट देवीको प्रसाद ग्रहण गर्न विशेष साइत पर्खनु अनिवार्य नरहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताएका छन्।

उनका अनुसार चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्किने र टीका लगाइदिने व्यक्ति पूर्व फर्किने परम्परागत मान्यता छ। आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ।विजया दशमीका दिन दशैँघर तथा शक्तिपीठमा नौ दिनसम्म गरिएको नवदुर्गाको पूजा–आराधना विधिपूर्वक विसर्जन गरी मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। परिवारका ज्येष्ठ सदस्यबाट टीका थापेपछि मावली, ससुराली तथा अन्य आफन्तकहाँ पुगेर टीका लगाउने चलन पनि छ।

कतिपय स्थानमा विजया दशमीकै दिन मात्र टीका लगाउने परम्परा रहे पनि नेपालका धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ। दशैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र आशीर्वाद साटासाट गर्ने प्रमुख पर्वका रूपमा पनि लिइन्छ।यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले घटस्थापनाको ११औँ दिनमा विजया दशमी परेको हो। नौ दिनसम्म नवदुर्गाको आराधना गरी दशौँ दिन मनाइने विजया दशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर