Lucky-Khabar_

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशिल शाह कानुले हरेक व्यक्तिले एकअर्कालाई सम्मान गर्नुपर्ने र आवश्यक परेको समयमा सहयोग गर्नुपर्ने बताउनुभएको छ।

content ad p2

मानवसेवा आश्रम, वीरगञ्ज–२५ मा दसैँको अवसरमा आयोजित टीका तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद कानुले स्वेच्छाले मानवीय सेवामा जुट्नु तथा असहाय र जरूरतमन्द व्यक्तिहरूलाई सहयोग गर्नु समाजका हरेक व्यक्तिको दायित्व भएको उल्लेख गर्नुभयो।

उहाँले समाजमा मानवता, आपसी सद्भाव र सहयोगको भावना बलियो बनाउन सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनुभयो। समाजमा रहेका असहाय, बेसहारा तथा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्नु मानवीय कर्तव्य भएको उहाँको भनाइ थियो।“हरेक व्यक्तिले एकअर्कालाई सम्मान गर्नुपर्छ र सकेसम्म एकअर्कालाई सहयोग गर्नुपर्छ। मानवता र आपसी सद्भाव नै समाजको वास्तविक शक्ति हो,” उहाँले भन्नुभयो।

दसैँजस्ता चाडपर्वले आपसी प्रेम, सद्भाव र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै उहाँले यस्ता अवसरमा असहाय तथा जरूरतमन्द व्यक्तिहरूलाई सम्झनु र उनीहरूसँग खुसी साटासाट गर्नु महत्वपूर्ण हुने बताउनुभयो।मानवसेवा आश्रममा आयोजित कार्यक्रममा टीका तथा शुभकामना आदानप्रदान गर्दै चाडपर्वको खुसी सबैसँग बाँड्ने र मानवीय सेवाको भावनालाई व्यवहारमा उतार्ने सन्देश दिइएको थियो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर