Lucky-Khabar_

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

घटनामा एक भारतीय नागरिकसहित अन्य दुई जना घाइते भएका छन्।

content ad p2

उज्यालो अनलाइनका अनुसार, साउदी अराम्कोद्वारा सञ्चालित तेल प्रशोधन केन्द्रमा ड्रोनका अवशेष खसेका थिए। मृत्यु हुनेमा एक नेपाली र एक फिलिपिनो नागरिक रहेका छन्।

साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार ड्रोनले संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाछेउमा रहेको शायबाह तेल क्षेत्रलाई लक्षित गरेको थियो। तर, ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे मन्त्रालयले खुलाएको छैन।

मृत्यु भएका नेपाली नागरिकको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन। घाइतेहरूको अवस्थाबारे पनि उपलब्ध विवरणमा थप जानकारी छैन।

साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षासम्बन्धी घटनाले नेपाली समुदायमा चासो बढाउने गरेको छ।

यसैबीच, यमनका इरानसमर्थित हुथी विद्रोहीले विगतमा साउदी अरबका विमानस्थल तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। यद्यपि, यस घटनामा संलग्न पक्षबारे साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छैन।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर