Lucky-Khabar_

पर्सामा ३१९ किलो चरेससहित ट्रकचालक पक्राउ

पर्सा, जेठ १३ — जिल्ला प्रहरी कार्यालय पर्साले ३१९ किलो चरेससहित एक ट्रकचालकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा परवानीपुर चोकमा मालवाहक ट्रक (प्र. २–०३–००१ ख ६३४८) रोकी चेकजाँच गर्दा चरेस फेला परेको हो।

बुधबार साँझ ७:३० बजे वीरगञ्ज–२१ परवानीपुर चेकपोस्टबाट पक्राउ परेका व्यक्ति मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान हुन्।

प्रहरीका अनुसार चरेस १३ पोका गरी जम्मा ३१९ किलो बरामद भएको छ। साथै स्याङ्तानको हाफपाइन्टको दाहिने खल्तीबाट नेपाली रुपैयाँ १ लाख ९२ हजार पनि फेला परेको छ।

हेटौंडाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ट्रक वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी श्रीसिया, र परवानीपुर प्रहरी चौकीको संयुक्त टोलीले रोकेको हो। पक्राउ परेका चालकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर