Lucky-Khabar_

सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्री शाहको निर्देशन, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आग्रह

नागरिकको जीउधनको सुरक्षामा कमजोरी नगर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन, आपसी समन्वय र सूचना आदानप्रदानमा जोड

content ad p2

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको शान्ति–सुरक्षा व्यवस्था चुस्त, प्रभावकारी र भरपर्दो बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विशेषगरी चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती, नागरिकको सुरक्षा व्यवस्थापन तथा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे विस्तृत छलफल भएको थियो ।

सो क्रममा प्रधानमन्त्री शाहले अपराध नियन्त्रणका विषयमा ‘शून्य सहनशीलता’को नीति अपनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । अपराधजन्य गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा काम गर्न र सुरक्षाका सवालमा कुनै सम्झौता नगर्न उनले जोड दिएका हुन् ।

त्यसैगरी, मुलुकको आन्तरिक सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएका छन् ।

उनले सुरक्षा निकायबीच गुप्तचर सूचनाको समयमै आदानप्रदान, आपसी सहयोग र समन्वयलाई थप मजबुत बनाउँदै सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान र नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सम्बन्धित खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर

नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिन्ह

लक्की खबर