Lucky-Khabar_

यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षामा पर्साका थोरै विद्यार्थी सफल

राम सुन्दर आर्य
१४ असार,वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पर्साका थोरै विद्यार्थी सफल भएका छन् । हिजो सार्वजनिक नतिजा अनुसार जिल्लाका ६७ प्रतिशत विद्यार्थी असफल भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जारी गरेको विवरण अनुसार नियमिततर्फ यो वर्ष ३२ दशमलव ४९ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।

content ad p2

पर्साबाट एसईईमा नियमिततर्फ १० हजार २३ जना र प्राविधिक धारतर्फ २१० जना विद्यार्थीले परीक्षा दिएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले हिजो प्रकाशित गरेको नतिजा अनुसार पर्सा जिल्लाबाट नियमिततर्फ ३२ दशमलव ४९ र प्राविधिक धारतर्फ १५ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।

एसईईमा भाग लिएका कुल नियमिततर्फका विद्यार्थीमध्ये ३२५७ जना र प्राविधिकतर्फका २१० जनामध्ये ३३ जना मात्रै शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार पास भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार अधिकांश विद्यार्थीहरूको नतिजा ननग्रेड आएको हो ।

पर्सा जिल्लामा यो वर्ष १० हजार बढी विद्यार्थीले परीक्षा दिए पनि नतिजा सन्तोषजनक नआएको शिक्षा विकास तथा समन्वय एकाइ पर्साको विश्लेषण छ । सार्वजनिक नतिजा अनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एकदम न्यून रहेको राउतले बताए । उनले ८ जना मात्रैले ४ जीपीए ल्याएर पास भएको बताए ।

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर