Lucky-Khabar_

नेशनल मेडिकल कलेज र पर्साका २२ सहकारीबीच स्वास्थ्य सेवा सम्झौता

१५ आषाढ,वीरगंज । पर्सा जिल्लाको भेडीयाही–१५ स्थित नेशनल मेडिकल कलेज, वीरगंज र जिल्लाभरिका २२ वटा सहकारी संस्थाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न भएको छ। आईतबार कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी र सहकारी प्रतिनिधिहरूबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

प्रो.डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हस्ताक्षरित सम्झौता अनुसार सहकारी सदस्यहरू र संस्थाका कर्मचारीहरूलाई छुटसहित २० प्रकारका सेवा उपलब्ध गराइनेछ।

content ad p2

सम्झौताअनुसार:

क वर्ग (सदस्यहरूका लागि):
ओपिडी टिकटमा २५%, जेनरल बेडमा १५%, पयाथोलोजीमा १०%, फार्मेसीमा १०–१५% सम्म छुट दिइनेछ।

ख वर्ग (कर्मचारी/संचालकहरूका लागि):
ओपिडी टिकटमा ५०%, बेड चार्जमा २०%, लाप्रोस्कोपिक शल्यक्रिया, सिटी स्क्यान, एमआरआई, डेन्टल सेवा लगायतमा ७–१५% छुट रहनेछ।

यस छुटको लाभ लिन सहकारीले आफ्नै लेटरप्याडमा सिफारिस गर्नुपर्नेछ। सम्झौता एक वर्षका लागि लागू हुनेछ र दुवै पक्षको सहमतिमा परिमार्जन गर्न सकिनेछ।

कार्यक्रममा वीरगंज महानगरका विभिन्न सहकारीका प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले यो सम्झौताले ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन मद्दत गर्ने बताएका छन्।

अस्पतालका निर्देशक डा. ईसरत जहान अन्सारीले यो सम्झौता ग्रामीणदेखि शहरी तहसम्म सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा मार्केटिङ तथा एडमिसन डाइरेक्टर आबिद हुसेन अन्सारी र को–अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष रविभूषण श्रीवास्तव सहित अन्य पदाधिकारीहरू सहभागी थिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर