Lucky-Khabar_

प्रहरीमाथिनै तस्करको आक्रमण, ६ जना घाइते

२० असार, वीरगञ्ज ।तस्करीको समान नियन्त्रण लिन गएको प्रहरीमाथि आक्रमण हुदा ६ जना घाइते भएको छ | मधेस प्रदेशको धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप भएका छन् ।

तस्कर समूहले धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित नेपाल–भारत सीमामा तस्करीको सामान भित्र्याएको सूचनाका आधारमा जाँच गर्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहको अनुसार, घाइते भएका प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको उनले बताए ।

content ad p2

स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको जानकारी आएको उनले बताए ।


घटना बिहीबार साँझ ७ बजेतिर भएको हो । सशस्त्र प्रहरीको टोली पुगे लगत्तै तस्करहरूको समूहले ढुंगामुढा प्रहार गरेको थियो ।झडपका क्रममा तस्कर समूहका कोही घाइते भएको र कुनै सामान बरामद भएको विवरण नआएको डिएसपी सिंहले बताए ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर