Lucky-Khabar_

यस वर्षको असार २२ सम्म देशभर ४३.५ प्रतिशतमात्रै रोपाइँ, सबैभन्दा कम मधेसमा

२२ असार, काठमाडौं । काठमाडौं । यस वर्षको असार २२ सम्म देशभर कुल ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ,सबैभन्दा कम मधेसमा भएको। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, असार २२ सम्म देशभर रोपाइँ हुने कुल १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रफलमध्ये पाँच लाख ८० हजार ८८६ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।गत वर्ष असार २२ गतेसम्म ४३.५ प्रतिशत रोपाइँ भएको थियो ।

सबैभन्दा धेरै सुदूरपश्चिममा धान रोपाइँ हुने कुल क्षेत्रफलको ८२.८ प्रतिशत (एक लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ) सम्पन्न भएको छ । सुदूरपश्चिममा एक लाख ७६ हजार १५१ हेक्टर रोपाइँ क्षेत्र छ । गत वर्ष असार २३ सम्म सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।

त्यस्तै कर्णाली प्रदेशमा ७१.७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, वाग्मतीमा ५१.९ प्रतिशत, मधेसमा १३.६ प्रतिशत र कोसी प्रदेशमा २९.५ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

content ad p2

अरु सबैभन्दा कम मधेस प्रदेशमा रोपाइँ भएको छ । अघिल्लो वर्षको असार २३ सम्म मधेसमा साढे २५ प्रतिशत रोपाइँ सकिएको थियो ।

गएको वर्षको असार २३ गतेसम्मको तथ्यांकसँग तुलना गर्दा अधिकांश प्रदेशमा रोपाइँ कम भएको छ । गत वर्ष मधेस प्रदेशमा २५.५ प्रतिशत, कोसीमा ३४.४ प्रतिशत, वाग्मतीमा ४१ प्रतिशत, गण्डकीमा ४९.७ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत, कर्णालीमा ७८ प्रतिशत र सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष मनसुन दुई हप्ताअघि भित्रिए पनि देशभर नफैलिँदा रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर