Lucky-Khabar_

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

२५ असार, काठमाडौं ।रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार गरेका छन्| भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

content ad p2

त्यसैगरी,सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। रास्वपाकी सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफ्नो मागअनुसार छानबिन समिति नबनाइएकाले बैठक बहिष्कार गर्ने बताइन्।

त्यस्तै, राप्रपाकी सांसद अनिषा नेपालीले पनि सोही विषयमा आफूहरूको माग सम्बोधन नभएकाले बैठक बहिष्कार गर्ने जानकारी गराइन्। दुवै दलका सांसदहरूले सदनलाई जानकारी गराएपछि बैठक कक्षबाट बाहिरिएका थिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर