Lucky-Khabar_

पर्सा राष्ट्रिय निकुञ्जस्थित भाठा धाम(दुग्धेश्वर महादेव) मन्दिरमा साउने मेला सुरु, हजारौं भक्तजनको घुइँचो

राम सुन्दर आर्य
३० असार,बिरगंज।पर्सा राष्ट्रिय निकुञ्जको दुग्धेश्वर महादेव मन्दिर भाथा धाममा आजदेखि साउने मेला सुरु भएको छ। साउन महिनाको पहिलो सोमवारका अवसरमा बिहानैदेखि हजारौं भक्तजन भगवान शिवको दर्शन र पूजाआर्जना गर्न मंदिरमा पुगेका छन्।

पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनलगायतका जिल्लाहरूबाट साथै भारतको बिहार र उत्तर प्रदेशबाट समेत श्रद्धालुहरू दर्शनका लागि आएका छन्। भक्तजनहरूले जल, फूल, बेलपत्र, प्रसादलगायत पूजाका सामग्री अर्पण गर्दै महादेवको आराधना गरेका छन्। साथै, मनोकामना पूरा भएको कृतज्ञतास्वरूप अष्टजामको आयोजना गर्ने परम्परा समेत रहेको छ।

दुधेश्वर महादेव मन्दिर समुद्र सतहबाट झण्डै १७ किलोमिटर भित्रको जंगलमा, पर्सा राष्ट्रिय निकुञ्जको भाथा पहाडमा अवस्थित छ। हाल निकुञ्ज प्रशासनले सुरक्षा कारणले एक मात्र बाटो – गढुवालाईनबाट चारभैया पोष्ट हुँदै जाने बाटो खुला राखेको सुनाखरी उपभोक्ता समिति, सुवर्णपुरका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए। गढुवालाईनबाट सिधा रामभौरी भाथा जाने बाटोमा जंगली जनावरहरूको सक्रियता बढेपछि सो बाटो बन्द गरिएको हो।

श्री दुधेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुका अनुसार यस वर्षको मेला विगतको तुलनामा अझ भव्य हुने अपेक्षा गरिएको छ। मेला व्यवस्थापनका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग समन्वय गरिँदै व्यापारीहरूलाई साउन महिनाभर बस्न तथा आवश्यक सामग्री ल्याउन अनुमति दिइएको छ।

content ad p2

निकुञ्ज प्रवेशका लागि भक्तजनलाई बिहान ६ः०० बजेदेखि साँझ ६ः३० बजेसम्म मात्र समय निर्धारण गरिएको छ। समितिले सुरक्षाको व्यवस्था मिलाउँदै मेलाको सफल सञ्चालनमा जुटिरहेको जनाएको मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर