Lucky-Khabar_

नेसनल एकेडेमी क्याम्पसको २५ औँ वार्षिकोत्सवमा नगवाको विद्यालयमा कपडा वितरण

लालबाबु सिंह
३१असार,वीरगञ्ज| नेसनल एकेडेमी क्याम्पस, वीरगञ्जले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार वीरगञ्ज–१६, नगवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का छात्राहरूलाई ३५ थान नयाँ कपडा वितरण गरेको छ।

कार्यक्रम क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा सम्पन्न भयो, जसमा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी, ठाकुरराम क्याम्पसका प्राध्यापक इन्दुशंकर मिश्र, वडा नं. १६ की वडासदस्य लवनी देवी, विद्यालयका शिक्षक अजय साह, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी हरेन्द्र यादव, कलेजका लाइब्रेरियन सुरज शर्मा लगायत कलेज तथा विद्यालयका विद्यार्थीहरूको उपस्थिति थियो।

वरिष्ठ समाजसेवी उपाध्यायले शिक्षालाई मुल सम्पत्ति भन्दै समाजको विकास शिक्षा बिना सम्भव नरहेको उल्लेख गर्दै, “तपाईंहरू आफ्नो पढाइबाट विद्यालयको नाम देशमै अग्रस्थानमा पुर्‍याउनुहोस्, म सधैं साथमा छु,” भन्दै आगामी दिनमा पनि सहयोग गर्दै आउने प्रतिबद्धता जनाए।

content ad p2

क्याम्पस प्रमुख केदार प्रसाद साहले बोले, “हाम्रो समाज तब मात्र समृद्ध हुन्छ जब छोरीबेटीहरू शिक्षित र सक्षम हुन्छन्। आज यहाँ आउन पाउँदा हामीलाई गर्व लागेको छ, किनभने मैले पढाएका शिक्षकहरू आज ज्ञानको ज्योति फैलाइरहनु भएको छ।” उनले विद्यालयसँग आगामी दिनहरूमा निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे।

प्राध्यापक मिश्रले शिक्षा जीवनको मूल आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित र समर्पित भएर अध्ययन गर्न प्रेरित गरे।

कार्यक्रमको सहजीकरण गर्दै वीरगञ्ज कपडा बैंकका अध्यक्ष सिंहले विगत ६ वर्षदेखि असहाय र विपन्न समुदायलाई निःशुल्क लत्ता–कपडा वितरण गर्दै आएको जानकारी दिँदै, “जो सँग धेरै कपडा छ उनले दिएर जानुस्, जसलाई चाहिएको छ उनले लिएर जानुस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सेवा गरिरहेको बताए।

विद्यालयका शिक्षक अजय साहले कार्यक्रमप्रति आभार व्यक्त गर्दै, “हाम्रो गुरुहरू आज हामीकहाँ आउनु नै गर्वको विषय हो। उहाँहरूको शिक्षालाई जीवनमा आत्मसात् गरौं,” भन्दै भावुक अभिव्यक्ति दिएका थिए।

कार्यक्रम अन्त्यमा विद्यालय प्रशासन र विद्यार्थीहरूले नेसनल एकेडेमी क्याम्पसलाई २५ औं वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा हौसला थपिएको बताएका थिए।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर