राम सुन्द्र आर्य
७ साउन,बिरगंज ।प्रहरी निरीक्षक लोकराज भट्ट “POLICE OF THE MONTH” घाेषित भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज, पर्साका प्रहरी निरीक्षक श्री लोकराज भट्ट तथा वहाँको सम्पूर्ण टिमले विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै ईमान्दारिता, बफादारी, कर्तव्यनिष्ठा, अनुशासन र लगनशीलतासाथ कार्य सम्पादन गर्दै आएका छन्।

हालै सम्पन्न आर्थिक वर्षको समापनसँगै गरिएको मूल्यांकनमा, मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमध्ये, वीरगंज पर्साले उच्चतम राजस्व संकलन गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै, कार्यसम्पादन सम्झौतामा उल्लेखनीय लक्ष्य हासिल गरेका छन्। साथै, ट्राफिक जनचेतनामूलक कार्यक्रमहरूको संचालनमा समेत उहाँको अग्रणी योगदान रहेको छ।

उक्त उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्यांकन गर्दै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराबाट प्रहरी निरीक्षक श्री लोकराज भट्टलाई असार महिनाको “POLICE OF THE MONTH” घोषणा गरिएको छ।

यो सम्मानले उहाँको कार्यक्षमता, नेतृत्वदक्षता र समर्पणको पुष्टि गरेको छ। सम्पूर्ण टिमलाई यस उपलब्धिको लागि हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ उत्कृष्ट कार्यको शुभकामना व्यक्त गरिन्छ।


