Lucky-Khabar_

पैगम्बर मोहम्मदको जन्मोत्सवको अवसरमा वीरगञ्जमा निकालियो भव्य शोभा यात्रा

राम आर्य

content ad p2

वीरगञ्ज । आज शुक्रवार विश्वभरका मुस्लिम धर्मावलम्बीहरूले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) हर्षोल्लासका साथ मनाएका छन् ।

वीरगञ्जसहित देशका विभिन्न स्थानमा पनि मुस्लिम समुदायले विभिन्न धार्मिक कार्यक्रम र जुलुसको आयोजना गरी पवित्र दिनलाई विशेष रूपमा स्मरण गरेका छन् । मधेस प्रदेश सरकारले मोहम्मद डेको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ ।इस्लामी पात्रो हिजरी संवत्को रब्बीअव्वल महिनाको १२ औँ दिनमा साउदी अरबको मक्कामा हजरत मोहम्मदको जन्म बिबि आमिनाको कोखबाट भएको मानिन्छ । उनको जीवनकाल ६३ वर्षको रह्यो र उनको निधन साउदी अरबकै मदिनामा भएको थियो ।

इस्लाम धर्मका अनुयायीहरूले हजरत मोहम्मदलाई शान्तिका दूत र भाइचाराको सन्देशवाहकका रूपमा सम्मान गर्छन् । उनले विश्वमा शान्ति, समानता र एकताको सन्देश फैलाएका थिए, जुन आज पनि मुस्लिम समुदायका लागि प्रेरणाको स्रोत बनेको छ ।मोहम्मद डेको अवसरमा बिहानैदेखि वीरगञ्जमा विभिन्न टोल र समुदायबाट जुलुस निकालिएको थियो । छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरीलगायतका क्षेत्रबाट सुरु भएको जुलुशले नगर परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।

जुलुसमा सहभागीहरूले हजरत मोहम्मदको सम्मानमा नाअत शरिफ (धार्मिक भजन) वाचन गरेका थिए भने शान्ति र भाइचाराको सन्देश बोकेका प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरेका थिए ।स्थानीय मस्जिदहरूमा पनि विशेष प्रार्थना सभाहरू आयोजना गरिएको थियो । कार्यक्रमहरूमा समुदायका सबै उमेर समूहका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

मोहम्मद डे विश्वभरका मुस्लिम समुदायहरूले विभिन्न रूपमा मनाउने गर्छन् । साउदी अरब, पाकिस्तान, भारत, बंगलादेश, मलेसिया, इन्डोनेसिया, युरोप, र अमेरिकालगायतका देशहरूमा मोहम्मद डेको दिनलाई विशेष धार्मिक र सांस्कृतिक महत्त्वका साथ मनाइन्छ ।कतिपय देशमा मोहम्मद डेको दिनमा ठूलो सङ्ख्यामा जुलुस र धार्मिक सभाहरू आयोजना हुन्छन् भने कतिपय ठाउँमा च्यारिटी र सामाजिक कार्यहरूमा जोड दिइन्छ ।

आजको विश्वमा हजरत मोहम्मदको शिक्षाले पनि उत्तिकै सान्दर्भिकता राख्छ । उनले दिएको शान्ति, समानता, र सामाजिक न्यायको सन्देशले विश्वमा बढ्दो ध्रुवीकरण र असहिष्णुतालाई कम गर्न प्रेरणा दिन्छ । वीरगञ्जका स्थानीय बासिन्दा मोहम्मद अन्सारी भन्छन्, “हजरत मोहम्मदले हामीलाई सधैँ असल काम गर्न र एक-अर्कालाई माया गर्न सिकाए । मोहम्मद डेको दिन हामीलाई उनको बाटोमा हिँड्ने प्रेरणा दिन्छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर