Lucky-Khabar_

जेनजी आन्दोलनका प्रहरी हत्या आरोपमा अर्का एक व्यक्ति पक्राउ, अनुसन्धान जारी

काठमाडौं|जेनजी आन्दोलनका क्रममा प्रहरीले हत्या गरेको आरोपमा सिन्धुपाल्चोकका ओम पौडेल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।

content ad p2

यसअघि काभ्रेका युवराज क्याप्छाकी पक्राउ परिसकेका थिए। यससँगै सो घटनामा पक्राउ परेका व्यक्तिहरूको संख्या दुई पुगेको छ।

प्रहरीले सार्वजनिक गरेको भिडियो फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। फुटेजमा पौडेलले ‘तँ डीएसपी होस’ भन्दै लट्ठी प्रहार गरी प्रहरी जवान उत्तम थापालाई हत्या गरेको देखिन्छ।

२४ भदौमा भएको जेनजी आन्दोलनमा:

महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक मिलन राय

जवान उत्तम थापा

कोटेश्वर प्रहरी प्रभागका सहायक हवल्दार अमृत गुरुङ

को ज्यान गएको थियो। पक्राउ परेकामाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर