वीरगञ्ज । जेनजी आन्दोलनमाथि दमन भए अधिवक्ता मियाँ निःशुल्क कानुनी लडाइँ लड्न तयार रहेको बताएको छ| अधिवक्ता मेराज मियाँले जेनजी आन्दोलनलाई लिएर सरकारले वा कुनै पनि सुरक्षा निकायले जेनजीहरूलाई दमन गर्न खोजे कानुनी लडाइँमा कुनै शुल्क नलिई सहयोग गर्ने घोषणा गरेका छन्।

अधिवक्ता मियाँले पर्सा जिल्ला लगायत देशभर रहेका जेनजी आन्दोलनका सहभागीहरूमाथि कानुन विपरीत दमन र कारवाही भए त्यसलाई सहन नहुने बताएका छन्।
उनले “यदि जेनजी आन्दोलनका क्रममा वा त्यसपछि कुनै जेनजीमाथि अमानवीय तथा कानुनविपरीत कार्य भयो भने म ती पीडितहरूको पक्षमा निःशुल्क रूपमा कानुनी मुद्दा लड्न सधैं तयार र तत्पर छु,” भने।

अधिवक्ता मियाँ पीडित वा सहयोग आवश्यक परेका जेनजीहरूले आफूलाई ९८५५०११८४७ वा ९८१७२२५२७५ मा सम्पर्क गर्न सक्ने उनले बताए।आफु अल्फा ल च्याम्बरसँग आवद्ध छन् भनि जानकारी पनि गराए ।

अधिवक्ता मियाँको यो घोषणाले जेनजी आन्दोलनका क्रममा कानुनी सहयोग आवश्यक परेका व्यक्तिहरूलाई राहत र आत्मबल मिल्ने अपेक्षा गरिएको छ।



