Lucky-Khabar_

पर्साको भिस्वामा गोली प्रहारबाट एक किशोर घाइते, तीन जना नियन्त्रणमा

बिरगंज | पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार बेलुकी भएको गोली प्रहारमा १६ वर्षीय गोलु आलम घाइते भएका छन्।

गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहले गोली चलाउँदा उनको बायाँ तिघ्रामा गोली लागेको हो। उनलाई नारायणी अस्पताल, वीरगञ्जमा उपचारका लागि भर्ना गरिएको छ।

घटनापछि प्रहरीले संलग्न भएको आशंकामा तीन किशोरलाई नियन्त्रणमा लिएको छ। स्थानीयका अनुसार छेडखानी सम्बन्धी पुरानो विवादले घटना उक्साएको हुनसक्ने बताइएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर