Lucky-Khabar_

वीरगञ्जको राधेमाई मन्दिरमा पूर्वमन्त्री प्रदीप यादवको सहभागिता फूलपाती भित्र्याइयो

राम आर्य
वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–१३ स्थित प्रसिद्ध राधेमाई मन्दिरमा बडादशैँको दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीको अवसरमा परम्परागत रूपमा फूलपाती भित्र्याउने अनुष्ठान सम्पन्न गरिएको छ।

पूर्वमन्त्री प्रदीप यादव स्वयं मातारानीको डोला बोकेर मन्दिर परिसरमा पुगेका थिए। शुभ साइतको समयमा हजारौं भक्तजनको सहभागितामा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याइएको हो।

content ad p2


यादवले राधेमाई मन्दिर वीरगञ्जको एक प्रमुख धार्मिकस्थल हो जहाँ विशेषगरी दसैँ र चैत नवरात्रको बेला ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्छ।यसरी परम्परागत संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्नु आवश्यक रहेको बताएका छन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर