Lucky-Khabar_

वीरगन्जमा दसैको मेलामा ‘ग्याङ फाइट’ : एकको मृत्यु, तीन जना पक्राउ

राम आर्य
वीरगन्ज । वीरगन्जमा दसैँको मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।

मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (सनाखत हुन बाँकी) युवकको मृत्यु भएको प्रहरीले बताएको हो ।

content ad p2

प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले छ । तर, अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

डिएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए ।

शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर