Lucky-Khabar_

पथलैया ट्राफिक प्रहरी कार्यालय अगाडि ट्रक चालकहरूले दिए धर्ना

राम आर्य
बिरगंज| बाराको पथलैया स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको गेट अगाडि सवारी चालकहरूले धर्ना दिएका छन्।
मधेश प्रदेशका विभिन्न जिल्लामा मंगलबारदेखि ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरू अनावश्यक रूपमा रोकिरहेको चालकहरूको आरोप छ।यही आरोपका कारण चालकहरूले बुधबार दिउँसोदेखि पथलैयामा धर्ना सुरु गरेका हुन्।धर्नाका कारण पथलैया क्षेत्रमा मात्र करिब डेढ सयभन्दा बढी सवारी साधन सडकमा रोकिएका छन्।

बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट आएका पराल तथा भुस बोकेको गाडीहरू ट्राफिकले रोकिरहेको जनाएको छ।तराईका जिल्लाबाट हेटौंडा, चितवन, धादिङ, काठमाडौं र पोखरातर्फ जाने गाडीहरू पनि अवरोधमा परेका छन्।चालकहरूले मुख्य सिजनमा ओभरलोडको बहानामा ट्राफिक प्रहरीले अनावश्यक झन्झट दिएको दाबी गरेका छन्।उनीहरूका अनुसार किसानका उत्पादन बोकेका सवारीलाई सहुलियत दिनुपर्ने बेलामा उल्टै समस्या सिर्जना गरिएको छ।

content ad p2

नेपाल च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले पराल भण्डारणको समयमा अवरोध गर्दा किसानहरू ठूलो समस्यामा परेको बताए।उनका अनुसार यसअघि पनि गाडी रोक्ने काम भए पनि मुख्य सिजनमा यस्तो अवरोधले परिस्थितिलाई थप चुनौतीपूर्ण बनाएको छ।

ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपी राजकुमार सिलवालले भब्बर लोड भएका सवारीहरूले राजमार्गमा क्षति र दुर्घटना जोखिम बढाउने भएकाले नियन्त्रणमा राखिएको प्रतिक्रिया दिए।एसपी सिलवालका अनुसार वजन कम भए पनि पराल तथा भुस बोकेको सामान सवारीको सामान्य उचाइभन्दा माथि राखेर ढुवानी गर्दा सुरक्षा जोखिम बढिरहेको बताएको छ।

त्यस्तै  ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपी  सिलवाल सर सित सम्पर्क गर्दा चालकहरु हामि अब कानुन बमोजिम नै चल्छु भनि कुराकानी भई साम्य भयो  भनि उनले लक्की खबरलाई बताए |

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर