Lucky-Khabar_

पूर्वमन्त्री रमेश रिजालको अब कुनै पनि चुनाव नलड्ने घोषणा

वीरगञ्ज । पूर्वमन्त्री तथा Ramesh Rijal ले अबदेखि कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ बाट आठौँ पटक उम्मेदवार बनेर पराजित भएपछि उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

शनिबार Jagarnathpur Rural Municipality–५ मसिहानीमा आयोजित Nepali Congress का क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले आगामी दिनमा संसदीय चुनावमा प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे।

content ad p2

“आजै म घोषणा गर्छु, अब म चुनाव लड्दिनँ। युवा पुस्तालाई मेरो साथ र समर्थन रहनेछ। तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा म सधैं सक्रिय रहनेछु,” उनले भने।

२०४८ सालदेखि निरन्तर कांग्रेसको तर्फबाट संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका रिजालले आफ्नो राजनीतिक यात्रामा चार पटक जित र चार पटक हार व्यहोरेका छन्। उनी २०४८, २०५१, २०६४ र २०७९ सालको निर्वाचनमा सांसद निर्वाचित भएका थिए भने २०५६, २०७०, २०७४ र २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए।

रिजालले पर्सा क्षेत्र नम्बर–४ को विकास, समृद्धि र जनताको समस्या समाधानका लागि आफूले निरन्तर पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्वाचनमा आफू र कांग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्दै परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कार्यकर्ता तथा समर्थकप्रति कुनै गुनासो नरहेको बताए। साथै उनले सबैलाई पुनः कांग्रेसमै फर्किन आग्रह पनि गरे।

“जनता जनार्दन हुन्, जनमतको कदर गर्नुपर्छ,” उनले भने, “जनताको दुःख–सुखमा उभिने पार्टी भनेकै कांग्रेस हो। त्यसैले कांग्रेसलाई भरोसा गरेर घर फर्किन म सबैलाई आग्रह गर्छु।”

उनले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवक बनेर काम गर्न सुझाव दिँदै भने, “मालिक बन्ने प्रयास नगर्नुहोस्, जनताको सेवक भएर काम गर्नुहोस्। म तपाईंहरूको साथमै छु र रहन्छु।”

कांग्रेस क्षेत्रीय सभापति Shrikant Prasad Yadav को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेश सरकारका वनमन्त्री Shankar Chaudhary, कांग्रेसका मधेस प्रदेश महामन्त्री Brihaspati Krishna Shrestha, कांग्रेस पर्साका प्रवक्ता Ramesh Pandey, नेता Bashistha Narayan Kurmi, क्षेत्रीय सचिव Balishter Ahmad लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर