Lucky-Khabar_

आज र भोलि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि वितरण अभियान

  1. काठमाडौं । सरकारले आज (आइतबार) र भोलि (सोमबार) देशभरका साना बालबालिकालाई लक्षित गर्दै भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु गरेको छ।
content ad p2

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ दिइँदैछ भने १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदैछ।

अभियान सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी विभिन्न खोप केन्द्रमा परिचालन गरिएका छन्।

हरेक वर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन हुने यस कार्यक्रमले बालबालिकाको आँखाको दृष्टि जोगाउन, रोगसँग लड्ने क्षमता बढाउन र कुपोषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूको भनाइ छ।

मन्त्रालयले सबै अभिभावकलाई नजिकको खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई आवश्यक औषधि खुवाउन आग्रह गरेको छ।

सम्बन्धित खबर

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

लक्की खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर