राम सुन्दर आर्य
१५असार,बिरगंज|यस बर्ष पर्सा जिल्लाको एस.ई.ई.०८१/०८२ को सार्वजनिक नतिजा अनुसार जिल्लाका ६७ प्रतिशत विद्यार्थी असफल भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले जारी गरेको विवरण अनुसार नियमिततर्फ यो वर्ष ३२ दशमलव ४९ प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।

पर्साबाट एसईईमा नियमिततर्फ १० हजार २३ जना र प्राविधिक धारतर्फ २१० जना विद्यार्थीले परीक्षा दिएका थिए | ति मध्ये नियमिततर्फका विद्यार्थीमध्ये ३२५७ जना र प्राविधिकतर्फका २१० जनामध्ये ३३ जना मात्रै शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार पास भएका छन् ।शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख हरि राउतका अनुसार अधिकांश विद्यार्थीहरूको नतिजा ननग्रेड आएको हो |

“🎉 बधाई छ, मिस जोयशा श्रेष्ठ! ! 🎉
SEE परीक्षा २०८१/०८२ मा ३.८६ को उत्कृष्ट GPA प्राप्त गर्नुभएकोमा हामी तपाईंप्रति अत्यन्तै गर्व गर्छौं। तपाईंको समर्पण र कडा परिश्रम साँच्चै चम्किएको छ! 🌟📚
👏 यस वर्ष १००% नतिजामा योगदान पुर्याएकोमा हाम्रा सबै विद्यार्थीहरूलाई पनि धेरै धेरै बधाई! तपाईंहरू सबैले मिनील्याण्ड स्कूल परिवारलाई गर्व गराउनुभएको छ! 🏆✨
उच्च लक्ष्य राख्नुहोस् र आफ्नो सपनाहरू पछ्याउँदै जानुहोस्। भविष्य उज्ज्वल छ! 💫”
तर यस वर्ष २०८१मा ” मिनी लैंड सेकेन्डरी स्कुल”बिरगंज महानगरपालिका वडा न.८ पानीटंकी,पर्साका एसईई परीक्षामा सामिला भएका २५ जना परीक्षार्थी मध्ये सबै जना सफल भएका छन् |परीक्षार्थी उतिर्ण भएका मध्ये ४ जना A+,८ जना A र बाकि १३ जना B जम्मा २५ सहि सफल भएका छन् | यो स्कुल सधै जुन सुकै कार्यमा पनि सफल भई रहन्छ र प्रत्येक सालको SEE मा राम्रै परिणाम ल्याउछ भनि मिनी लैंड सेकेन्डरी स्कुलका कोडिनेटर प्रिन्सिपल सुरज पटेलले जानाकारी दिएका छ |


