१६ असार, वीरगञ्ज| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि लागेको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै वीरगञ्जमा पनि हस्ताक्षर अभियान भएको छ। तेस्रो स्थापना दिवसको अवसरमा सुरु गरिएको उक्त अभियान पर्सा जिल्ला सभापति हरि पन्तको अध्यक्षतामा भएको हो।

कार्यक्रममा केन्द्रीय सदस्य डा. नन्दन यादवसहित विभिन्न नेताहरू सहभागी थिए। वक्ताहरूले लामिछानेले भ्रष्टाचारविरुद्धको लडाइँमा अग्रणी भूमिका खेलेकै कारण सत्तापक्ष आत्तिएको आरोप लगाए।

उनीहरूले ‘लुटतन्त्र’को अन्त्य र सुशासन स्थापनाका लागि सदन र सडक दुवै माध्यमबाट संघर्ष आवश्यक रहेको बताए। अभियानले जनमत निर्माण र लामिछानेप्रति ऐक्यबद्धता प्रकट गर्ने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै रास्वपा जिल्ला सभापति हरिपन्त ज्यू को निर्देशन अनुसार रास्वपाका क्षेत्र नं २ का क्षेत्रीय सभापति फैयज मियाले आफै चौक चौराहामा गई यो अभियनलाई निरन्तरता दिने कार्य गरेको रवि लामिछाने माथि राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियान तत्परता देखाए रहेको छ |

रास्वपाले आगामी दिनहरूमा भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने भनि रास्वपाका मदेश प्रदेश यातायात विभागीय प्रमुख राम आर्यले जनाएको छ।


