Lucky-Khabar_

ज्वाइँले गरे जग्गा विवादमा ससुराको हत्या, मेयरका काकाको निधन

१८ असार, काठमाडौं । जनकपुरधाममा जग्गा विवादले  ज्वाईले ससुरोको ज्यान लिदा उग्र रुप लिएको छ ।

content ad p2

जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद विमलको उनकै ज्वाइँ बेचन महासेठले चक्कु प्रहार गरी हत्या गरेका छन्। विमल, जनकपुरधामका मेयर मनोज साहका आफ्नै काका हुन्।

करिब  बिहान पौने १० बजे घरमा बसिरहेको बेला बासुदेवप्रसाद विमलमाथि जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय ज्वाइँ बेचन महासेठले चक्कु प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जनाए अनुसार घरायसी जग्गा विवाद नै यो क्रूर घटनाको मुख्य कारण थियो। पेटमा गम्भीर चोट लागेपछि विमललाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो, तर बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरे।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर