२३ असार, काठमाडौं ।देश टुक्रिन्छ भन्नेलाई के कारबाही हुन्छ ? रास्वपा सांसद मनीष झाको प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।

सांसद झाले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले ‘मधेस नेपालबाट टुक्रिन सक्छ’ भन्दै दिएको अभिव्यक्तिबारे सत्तारुढ दलहरूको धारणा के हो भनेर प्रश्न गरेका हुन् ।

‘सत्तापक्षका माननीयज्यूहरू स्वतन्त्र सांसद माननीय अमरेशकुमार सिंहको भनाइ सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै हुनुहुन्थ्यो । तर,अहिले गठबन्धनका दुई थान मन्त्रालय लिइरहेको दलका एक जना नेताले भिडियो म्यासेजमार्फत मधेस टुक्र्याउने धम्की दिनुभएको छ । उहाँलाई अब के गर्नुहुन्छ ?’भनि सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै झाले भने|




