Lucky-Khabar_

मैस्कट एकाडेमी र तेक्वान्डो डोजाङ्गद्वारा जेन्–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

अभिलाष गुप्ता
वीरगञ्ज।भ्रष्टाचारविरुद्ध २०८२ भाद्र २३ र २४ गते नेपालभर आयोजित जेन्–जी आन्दोलनका क्रममा प्राण गुमाएका शहीदहरूको सम्झनामा वीरगञ्जको कुम्हालटोलस्थित मैस्कट एकाडेमी र वीरगञ्ज तेक्वान्डो डोजाङ्गको संयुक्त आयोजनामा शोकसभा सम्पन्न गरिएको छ।

असोज १ गते सम्पन्न सो कार्यक्रममा विद्यालयका सञ्चालक विजय शाह, डोजाङ्ग प्रमुख महमद शकील, अन्तर्राष्ट्रिय खेलाडी महमद वेश, वरिष्ठ खेलाडी मुनिलाल यादव, इमरान शेख, सर्फराज आलम, सुजित यादव, सन्तोष रौनियारलगायतको उपस्थिति रहेको थियो।

content ad p2

कार्यक्रममा सहभागीहरूले जेन्–जी आन्दोलनका शहीदहरूको सम्झनामा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा वक्ताहरूले भ्रष्टाचार विरुद्धको संघर्षलाई निरन्तरता दिनु पर्ने र शहीदहरूको बलिदानलाई व्यर्थ जान नदिने प्रतिवद्धता जनाएका थिए।

महमद वेशले जानकारी दिँदै भने, “यो कार्यक्रम केवल श्रद्धाञ्जली मात्र होइन, भ्रष्टाचारमुक्त समाज निर्माणतर्फको हाम्रो संकल्पको प्रतिक पनि हो। खेलाडी र विद्यार्थी समुदायले पनि अब भ्रष्टाचारविरुद्धको आवाजलाई अझ सबल बनाउनुपर्छ।”

कार्यक्रममा खेलाडी, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर