Lucky-Khabar_

महामन्त्रीद्वय थापा र शर्माले काँग्रेस भित्र नेतृत्व परिवर्तनको विषय उठाएपछि प्रतिवादमा उत्रियो देउवा पक्ष

वीरगञ्ज । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकमा नेतृत्व परिवर्तनबारे मतभेद देखिएको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न तत्काल नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखे। तर, सभापति शेरबहादुर देउवानिकट नेताहरूले नेतृत्व परिवर्तनको प्रस्ताव पन्छाउँदै पार्टी एकताबद्ध रूपमा अघि बढ्नुपर्ने अडान लिए।

बैठकले कार्यवाहक सभापति नियुक्त नगर्ने, विशेष महाधिवेशन नबोलाउने र देउवा स्वस्थ भएपछि दशैं–तिहारपछि बैठक बस्ने निर्णय गरेको छ। साथै, संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै आन्दोलनमा भएका तोडफोड र आक्रमणको निन्दा गरिएको छ। बैठकले देउवा दम्पतीको स्वास्थ्य लाभको कामना गर्दै पार्टी सुदृढीकरणमा ध्यान दिने निष्कर्ष निकालेको छ।

content ad p2

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर