Lucky-Khabar_

दुर्गापुजा सेवा समिती रानिघाटद्वारा २५औँ पटक खुला रक्तदान कार्यक्रम, ३ महिला सहित १०५ जनाले गरे रक्तदान

वीरगन्ज ।दुर्गापुजा सेवा समिती रानिघाटले शनिबार वीरगन्ज–९ रानिघाट ब्लड डोनेशन चौकमा २५औँ पटक खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेका छन् ।

content ad p2

कार्यक्रम समितिका अध्यक्ष शतिश सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि वीरगन्ज महानगरपालिका–९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल लगायत अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा वडा सदस्य रामप्रसाद चौहान, गीता मानन्धर, सोनी पासवान, समाजसेवी गोपाल रौनियार, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सञ्चारकर्मी अशोक श्रीवास्तव, जगत राय, प्रणय कुमार, अभिलाष गुप्ता, समितिका उपाध्यक्ष रवि रौनियार, सचिव राजन कुमार साह लगायतको उपस्थिति उल्लेख्य थियो ।

कार्यक्रममा रक्तदान गर्ने महिलामध्ये सोनी पासवान, सुदामा देवी गुप्ता र सुषमा सिंह राजपुत रहेका थिए भने अन्य रक्तदातामध्ये सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, राहुल सिंह राजपुत, मुकेश ठाकुर, अतुल सिंह, रहमत अन्सारी, दिपेश कुमार कर्ण, मोहम्मद सिकन्दर अन्सारी, अमृत सागर पौडेल, कृष्ण यादव, सजन चौधरी लगायत रहेका थिए ।

प्रमुख अतिथि वडा अध्यक्ष गुप्ताले वीरगन्जमा रगत अभाव भइरहेका बेला समितिले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्दै, “रक्तदान भनेको दिनेलाई घाटा नहुने तर लिनेको जीवन नै बच्ने कार्य हो,” भन्दै प्रत्येक ३ महिनामा रक्तदान गर्न आग्रह गरे ।

समितिका अध्यक्ष सिंहले २५औँ (सिल्वर जुबिली) रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भने, “दुर्गापुजा सेवा समितिले वर्षमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । यसले हामीलाई निरन्तर रक्तदान कार्यक्रम गर्न प्रेरणा दिएको छ । कसैको जीवन बचाउनु नै सबैभन्दा ठूलो धर्म र कर्म हो ।”

कार्यक्रममा स्थानीय अग्रज, महिला, युवा, समाजसेवी तथा मानवताप्रेमीहरूको बाक्लो सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर