Lucky-Khabar_

काठमाडौंको केन्द्रीय कारागारबाट जेनजी प्रदर्शनमाभागेका एक कैदी पर्सामा पक्राउ

वीरगन्ज |काठमाडौंको केन्द्रीय कारागारबाट जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते फरार भएकामध्ये एक कैदी पर्साबाट पक्राउ परेका छन्।

पक्राउ पर्ने पर्साको कालिकामाई गाउँपालिका- ५ सेमराका ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन्। उनलाई सेमरास्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा बुधबार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए। बुधबार पक्राउ गरिएका कुर्मीलाई काठमाडौंको केन्द्रीय कारागारमा पठाइने उनले बताए।

आफ्नै पत्नी ३५ वर्षीया संगीता देवी कुर्मीको घाँटी थिचेर हत्या गरेको कसुरमा कुर्मी पर्सा जिल्ला अदालतले २५ वर्षको कैद सजाय तोकेका कैदी रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर