Lucky-Khabar_

श्रीमतीको हत्या आरोपमा इटहरीमा शिक्षक पति पक्राउ

इटहरी । श्रीमतीको हत्या गरेको आरोपमा इटहरीमा एक शिक्षक पक्राउ परेका छन्। खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिशा भट्टराईको हत्या अभियोगमा उनका श्रीमान् सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेका अनुसार इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी अनिशा भट्टराई लोक सेवा आयोगको तयारीका लागि बसिरहेकी थिइन्। सोमबार साँझ उनलाई भेट्न आएका श्रीमान सुमनसँग घरेलु विषयमा विवाद भएपछि काठको बटमले टाउकोमा प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी अनिशालाई तत्काल विराटनगरस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपी सुमन दाहाल शिक्षक हुन्। पाँच–छ वर्षको प्रेम सम्बन्धपछि गएको वैशाखमा उनीहरूबीच विवाह भएको थियो।हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर