Lucky-Khabar_

पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

काठमाडौं। राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

content ad p2

पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका गुप्तालाई न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ५० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी अथवा जेथा जमानतमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

मङ्गलबार आदेश भए पनि धरौटी रकमसम्बन्धी विवरण इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको जनाएको छ।पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई विशेष अदालतले २०८२ पुस १७ गते थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका थिए।

यसैबीच, सर्वोच्च अदालतले रन्जिता श्रेष्ठको हकमा विशेष अदालतले २०८२ फागुन १० गते गरेको आदेशलाई सदर गरेको छ।

सम्बन्धित खबर

नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिन्ह

लक्की खबर

 केरमेट र कबोल रकममा फरक देखिए पनि पूनम आर्ट्सलाई ठेक्का, वीरगञ्ज महानगरको निर्णयमाथि प्रश्न

लक्की खबर

चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादीसहित ११ जना पक्राउ

लक्की खबर