Lucky-Khabar_

एमालेको पनि समर्थन पाएपछि मुख्यमन्त्री कृष्ण यादवको विश्वासको मत सुरक्षित हुने संकेत

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव लाई अब नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ । केन्द्रस्तरमा नेपाली कांग्रेस र एमालेबीच भएको छलफलपछि यस्तो समझदारी बनेको जनाइएको छ ।

content ad p2

यसअघि गत शुक्रबार विश्वासको मत लिने कार्यसूची तय गरिएको भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केही सांसदहरूले फ्लोर क्रस गर्न सक्ने आशंकापछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रक्रिया रोकेको स्रोतहरूको भनाइ छ । अब विश्वासको मत लिने नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ ।

यसअघि नेपाली कांग्रेस, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत दलहरूबीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । तर जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएपछि एकीकृत दलभित्र विश्वासको मतबारे अन्योल उत्पन्न भएको थियो ।राजनीतिक समीकरण अनिश्चित बन्दै गएपछि केन्द्र तहमा कांग्रेस र एमालेबीच संवाद तीव्र भएको बताइएको छ । कांग्रेसका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मा ले फरक–फरक समयमा एमाले अध्यक्ष केपी शर्मा ओली सँग सातै प्रदेशका सरकारको अवस्थाबारे छलफल गरेका थिए ।

दुई दलबीच भएको प्रारम्भिक समझदारीअनुसार मधेस प्रदेशमा एमाले सांसदहरूले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने तयारी गरेका हुन् । यससँगै मुख्यमन्त्री यादवले विश्वासको मत सहजै प्राप्त गर्ने सम्भावना बलियो बनेको छ ।केन्द्रीय तहमा भएको सहमतिबारे मधेसका एक कांग्रेस नेताले भने, “मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ । कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ ।”

यस विषयमा कांग्रेस सभापति थापा र उपसभापति शर्माले बुधबार साँझ मधेसका नेता तथा सांसदहरूसँग थप छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । कांग्रेसले महोत्तरीको बर्दिबासमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन शीर्ष नेताहरू अहिले मधेस प्रदेशमै रहेका छन् ।

सम्बन्धित खबर

पर्सा प्रहरीको व्यक्तिगत विवादलाई साम्प्रदायिक रंग नदिन आग्रह

लक्की खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर