Lucky-Khabar_

पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्चले माग्यो ५० लाख धरौटी

काठमाडौं। राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

content ad p2

पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका गुप्तालाई न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ५० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी अथवा जेथा जमानतमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

मङ्गलबार आदेश भए पनि धरौटी रकमसम्बन्धी विवरण इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको जनाएको छ।पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई विशेष अदालतले २०८२ पुस १७ गते थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका थिए।

यसैबीच, सर्वोच्च अदालतले रन्जिता श्रेष्ठको हकमा विशेष अदालतले २०८२ फागुन १० गते गरेको आदेशलाई सदर गरेको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर