Lucky-Khabar_

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठानद्वारा उत्कृष्ट SEE विद्यार्थी सम्मानदेखि वृक्षारोपण अभियानसम्मका कार्यक्रम घोषणा

वीरगञ्ज, ५ जेठ । शिक्षा, सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय रहँदै आएको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा ले विभिन्न रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

content ad p2

प्रतिष्ठानकी सभापति मुना खनाल को अध्यक्षतामा मंगलबार साँझ सम्पन्न बैठकले वीरगञ्ज महानगर क्षेत्रभित्र SEE परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका सचिव लालबाबु सिंह का अनुसार बैठकले जिल्लास्तरीय विद्यालयहरूमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तथा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै सामुदायिक विद्यालय र सार्वजनिक स्थानहरूमा वृहत वृक्षारोपण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

बैठकमा सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सार्वजनिक रूपमा आफ्ना विचार प्रभावकारी ढंगले प्रस्तुत गर्ने कला अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। साथै विद्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ र हरित वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता समेत जनाइएको थियो।

बैठकमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, सल्लाहकार डा. हरेराम ठाकुर, समाजसेवी नन्द राउत अहिर, संजय पटेल, रितेश गुप्ता, प्रतिष्ठानका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष बिना खतिवडा लगायत सदस्यहरू श्रवण बहादुर रायमाझी, शर्मा गोसाई, प्रभु रौनियार, अभिलाष गुप्ता, सुर्या नारायण बिक, सुबास सिंह, प्रिया मिश्रा, नवराज भट्टराई, पवन श्रेष्ठ तथा सुबास भट्टराई को उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले प्रस्तावित सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न विभिन्न उपसमितिका संयोजकहरूलाई जिम्मेवारी समेत बाँडफाँड गरेको जनाएको छ।

सम्बन्धित खबर

पर्सा प्रहरीको व्यक्तिगत विवादलाई साम्प्रदायिक रंग नदिन आग्रह

लक्की खबर

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर