Lucky-Khabar_

गोली लागेर युवक पक्राउ, सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै लुटपाट

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

content ad p2

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार राति प्रहरीले गोली चलाएर सुजन तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ परेका तामाङ डलर ठगी तथा लुटपाटका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसार उनले सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने र सोही बहानामा लुटपाट गर्ने गरेको पाइएको छ।

तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो। गोली लागेर उनको दायाँ खुट्टामा चोट लागेको एसएसपी घिमिरेले जानकारी दिएका छन्।पक्राउ परेका तामाङमाथि डलर ठगी तथा लुटपाटसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सम्बन्धित खबर

वीरगन्ज भन्सारबाट छुटेका सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीको आशंका,थप दुई ट्रक पनि शंकाको घेरामा

लक्की खबर

श्रीमतीलाई छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगञ्जबाट पक्राउ

लक्की खबर

सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्री शाहको निर्देशन, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आग्रह

लक्की खबर