Lucky-Khabar_

बाराको परवानिपुर गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न,३४ करोड ३४ लाख बढिको बजेट पेश

९असार,बारा|बाराको परवानिपुर गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न,३४ करोड ३४ लाख बढिको बजेट पेश भएको छ। गाउँपालिका सभाहलमा सम्पन्न उक्त गाउँ सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। उपमेयर सुगन्धी देबि कनुईनको आग्रहमा प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले आगामी आवका लागि रु ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ को बजेट प्रस्तुत गरेका छन ।

content ad p2

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा विगत वर्षको समीक्षा गर्दै आगामी वर्षको योजना तथा कार्यक्रमहरू प्रस्तुत गरिएको छ् । अध्यक्षले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, युवा तथा महिलामुखी कार्यक्रमलाई प्राथमिकता दिइने बताएका छन्।

सभामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। गाउँसभा शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको गाउँपालिका प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर