Lucky-Khabar_

ट्याक्टर दुर्घटना वीरगञ्जमा हुदा दुई किशोरको घटनास्थलमै मृत्यु

१३ असार,वीरगञ्ज ।ट्याक्टर दुर्घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २८, बगहीमा शुक्रबार दिउँसो भएको दुई किशोरको घटनास्थलमै मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा बगही गाउँका अन्दाजी १६÷१७ वर्षीय आकाश पटेल (पन्ना पटेलका छोरा) र सोही उमेरका गोलु पटेल (राजेश पटेलका छोरा) रहेका खुलेका छन् छन्। दुर्घटनामा वीरगञ्ज–२८ कै इनर्वा गाउँका अन्दाजी १८÷१९ वर्षीय जयकुमार मण्डल घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

वडाध्यक्ष सूर्युग महतो धानुकले बताए अनुसार, शुक्रबार दिउँसो करिब २ बजे भेडाहा खोलाबाट माटो लिएर बगही गाउँको खेततर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, आफैं अनियन्त्रित भई खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र उनीसँगै सवार गोलुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले दुवै मृतकको शव मुचुल्का उठाएर पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर