Lucky-Khabar_

निजी विद्यालयबारे शिक्षा समितिले महत्त्वपूर्ण निर्णय गर्याे, गुठीमा गए सहुलियत

१३ असार, काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयबारे शिक्षा समितिले महत्त्वपूर्ण निर्णय  गरेको छ।

content ad p2

समितिका सभापति अम्मरबहादुर थापाले पेस गरेको प्रस्ताव बैठकले पारित गरेसँगै अब निजी विद्यालयहरूलाई सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर सञ्चालन गरिने भएको छ। विद्यालय शिक्षा विधेयकमा अब निजी विद्यालयहरूलाई कम्पनीमार्फत वा गुठीमा जान सक्ने व्यवस्था गरिनेछ।

यो प्रावधान सर्वसम्मतिबाट पारित भएको हो, जसको अर्थ निजी विद्यालयहरूलाई नाफामुखी भन्दा सेवामुखी बनाउने दिशामा सरकार अघि बढेको छ।

बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयहरूको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पनि पारित गरेको छ। यसअघि यस विषयमा छलफल भएको थियो, जसमा जग्गा रजिस्ट्रेसन दस्तुर, सवारीसाधन आयातमा भन्सार महसुल, र शैक्षिक सामग्री आयातमा छुट दिने लगायतका विषयहरू समावेश थिए। यसले निजी विद्यालयहरूलाई गुठीमा रूपान्तरण हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर