Lucky-Khabar_

रास्वपा सभापति रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालय झिकाइयो

२० असार, काठमाडौं । रास्वपा सभापति रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालय झिकाइयोको छ | भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।

content ad p2


सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति लामिछानेको पक्षमा नागरिकस्तरबाट भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ ।


राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएकोले उनलाई छानबिनमा तानिएका हुन् ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर