Lucky-Khabar_

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंजद्वारा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

राम आर्य
२० असार,वीरगञ्ज| आज ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंजद्वारा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ | वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रजत जयन्ती चौक देखि लिएर बाईपास रोड हुँदै वैष्णवी मंदिर चौक सम्ममा वृहत वृक्षारोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख श्री राजेशमान सिंह ज्यू हुनुहुन्थ्यो भने अध्यक्षता जय प्रकाश खेतान ज्यूले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी, सुरक्षानिकाय, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू, र स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत विभिन्न किसिमका ४०० वटा बिरुवा रोपिएको थियो।

content ad p2

सो कार्यक्रममा सशस्त्र प्रहरी बल नं. १३ गणका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, श्री श्री जंग गणका प्रमुख सेनानी निराजन कटुवाल,सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको उपस्थिति रहेका थिए |

त्यसतै कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतराम प्रसाद पाठक,भन्सार अधिकृतसुनिता पौडेल, श्री श्री जंग गणका उप सेनानी बिना जाकी बन्जर,भारतका महावाणिज्य दूतावास वीरगञ्जका मनिष दास,कीरण आँखा अस्पतालका डा. अमर क्याल,वीरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी, वीरगञ्ज भन्सार कार्यालय लेखा अधिकृत,हृदय नारायण साह,भन्सार अधिकृत सामा पाण्डे, वीरगञ्ज महानगरपालिकाका सरसफाई अधिकृतसर्फुदिन मियाँ , नेपाल इनोभेटी सोसाइटीका अध्यक्ष कमल चौगाई,व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलीप राज कार्की

ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सञ्जय शर्मा, ग्रीन सिटीका सदस्यहरू कैलाश बजाज, चन्द्र अग्रवाल, राकेश अग्रवाल, रतन तेमानी, शुशिल कादमियाँ, मुकेश खेतान ,गणेश बगरिया, सञ्चारकर्मीहरू अफ्ताब आलम, अजित भूजेल, राजु सराप , सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताका अध्यक्ष मजिद मियाँ तथा बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो |

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर