Lucky-Khabar_

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

२० असार, काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोप छ। स्रोतका अनुसार, यही आरोपमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी गरिएको हो। यद्यपि यादवलाई हालसम्म पक्राउ गरिएको छैन।

मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले अनुसन्धानकै चरणमा रहेकाले यसबारे केही भन्न नमिल्ने बताएका छन्।

content ad p2

यादव र एसपी खड्काबीचको फोन संवादको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको हो। अडियोमा यादवले एसपीलाई अपशब्द प्रयोग गर्दै ‘तिमीहरू मधेशमा लुट्न आएको’ आरोप लगाएका छन्। यादवले एसपीलाई बारम्बार गाली गरेका छन् भने एसपीले पनि प्रतिप्रश्न गरेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले अडियो सार्वजनिक भएपछि सत्यतथ्य छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर