Lucky-Khabar_

महिला संचारकर्मीका लागि वीरगञ्जमा ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

२० असार,वीरगञ्ज । महिला संचारकर्मीहरुको लागि वीरगञ्जमा ३ दिने क्षमता अभिवृद्वि कार्यक्रम आज सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाले वीरगंजको होटल हिमालमा कार्यक्रमको आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयर राजेशमान सिंहले कसैको पछि लाग्ने पत्रकार हुनुभन्दा निर्भिक भएर तटस्थ भएर पत्रकारिता गर्न सुझाव दिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले पत्रकार महिलाहरुलाई दिईने तालिमले महिलाहरुको क्षमता वृद्वि हुने र पत्रकारिता क्षेत्रमा सूचनामुलक समाचार लेख्न, बोल्न, प्रकाशन गर्न मद्दत पुग्ने बताए ।

content ad p2


नेपाल पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष युवराज खड्काले पत्रकारिता गर्ने क्रममा चुनौतीहरुको सामना गर्नुपरे पनि ती चुनौतिहरुलाई पन्छयाउदै अघि बढ्न सकेमात्र सिकेको सीपको सहि सदुपयोग हुने बताए । संचारकर्मी आन्नद पटेलले दिनुभएको तालिममा १५ जना महिला संचारकर्मीहरुको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष पुजा गोंडको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर